aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

‘अर्को त्रैमाससम्ममा भारतको मन्दी सकिन्छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ कार्तिक २०७६
‘अर्को त्रैमाससम्ममा भारतको मन्दी सकिन्छ’

एजेन्सी । रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले भारतको आर्थिक मन्दी अर्को त्रैमासबाट सकिने बताएका छन् । साउदी अरबको फ्यूचर इन्भेष्मेन्ट इनिशिएटिभ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘भारतमा अहिले आर्थिक मन्दी भएपनि यो अस्थायी हो र अर्कौ त्रैमाससम्ममा यो मन्दी सकिने र अर्थतन्त्रले गति लिने छ ।’

२९ देखि ३१ अक्टोबरसम्म चल्ने उक्त कार्यक्रमका प्रमुख वक्ता भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रहेका छन् । यो कार्यक्रमा अम्बानी सहित अन्य ठूला भारतीय व्यापारीहरु पनि सामेल छन् । अम्बानीले मंलगबार सम्बोधन गरेका थिए उनले आफ्नो सम्बोधनमा भारतको अर्थतन्त्रलाई माथि उकास्न धेरै प्रयासहरु भइरहेको र आउँदो त्रैमासदेखि यसको सकारात्मक असर देखिन थाल्ने बताएका थिए । 

गतमहिना मात्र भारत सरकारले अर्थव्यबस्थालाई राहत दिन भने कर्पोरेट ट्याक्समा भारी छुट दिएको छ । बैंक तथा वित्तीय क्षेत्रको सुधारका लागि बैंकमा थप पुँजीको व्यबस्था गरिएको छ ।
  

प्रतिक्रिया दिनुहोस