aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

जुवा खालबाट १६ लाख रुपैयाँसहित ३८ जना कीर्तिपुरमा पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ कार्तिक २०७६
जुवा खालबाट १६ लाख रुपैयाँसहित ३८ जना कीर्तिपुरमा पक्राउ

काठमाडौं । जुवा तासको खालबाट प्रहरीले नगद १६ लाखसहित ३८ जनालाई पक्राउ गरेको छ ।

मंगलबार राति एक बजेको समयमा कीर्तिपुर नगरपालिका –३ ढाल्पाबाट विशेष सुराकीको आधारमा प्रहरीले जुवा खेलिरहेको स्थानबाट नगद १६ लाख ४ हजार ६ सय १० रुपैयाँ र चेक सहित ३८ जना जुवाडे पक्राउ गरेको जनाएको छ ।

प्रहरी नायव उपरीक्षक छेदिलाल कामति र प्रहरी निरीक्षक सुशिल के.सीको सयुक्त टोलिले उक्त परीणाममा रकम र जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमाथि आवश्यक कारवाही अघि बढाइने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस