
काठमाडौं । पाँच तारे होटल सञ्चालन गर्दै आएको पवित्रा कुमार कार्की र बलराम सापकाटो सहित २५ जनामध्ये जनालाई बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्चमा दायर गरेपछि अदालत लगिएको छ ।
उनीहरुले गैरकानुनी थुनामा राखिएको दाबी गदै बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्चमा दायर गरेपछि उक्त रिटको सुनुवाई गर्न उनीहरुलाई अदालत लगिएको हो । गत शनिबार महारागञ्गबाट २५ जनालाई २ करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक सहित प्रहरीले पक्राउ गरेको थियो ।
झापामा पाँच तारे होटल सञ्चालक बलराम सापकोटा र पवित्रा कुमार कार्की समेत उक्त ६ जनाको सूचीमा रहेका छन । त्यस्तै उद्योगी पवन गुप्ता, उद्योगी श्रवणकुमार गोयल, जुवा खेलाउने विक्रम गौतम र मुक्ती लामाले सर्वोच्च बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए । अदालतले उनीहरुलाई बुधबार ११ बजे उपस्थित गराउन भनेपछि अदालत लगिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस