
काठमाडौं । स्वस्थ्य अवस्थामा असजिलो महसुस भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार ग्राण्डी अस्पताल स्वास्थ्य जाँच गराएका छन् ।
नियमित फलोअपका लागी प्रधानमन्त्री ओलीले ग्रान्डी अस्पतालमा पुगी स्वास्थ्य जाँच गराएका हुन् ।
प्रधानमन्त्रीको शरीरमा पानीको मात्रा कम अर्थात् जलवियोजन (डिहाड्रेसन) रहेको प्रारम्भिक रिपोर्टमा देखिएको छ ।
उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सामान्य रहेको र नियमित फ्लोअपका लागी अस्पताल गएको जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको १३ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । त्यसयता प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य जाँच गराउँदै आएका थिए ।
दुई महिनाअघि सिङ्गापुरमा प्लाज्मा फेरेसिसमार्फत शरीरमा जम्मा भएको एण्टीबडी नष्ट गरिएको थियो । प्रधानमन्त्री ओली यही वर्षमात्रै उपचारका लागि दुईपटक सिङ्गापुर गइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस