
काठमाडौं । बंगलादेशले कुल ग्राहस्थ उत्पादन(जीडीपी) वृद्धिमा भारतलाई पछाडि पार्दै एशियाकै उदयमान देशमा रुपमा अगाडि देखिन थालेको छ । भारत बंगलादेशले आफूलाई जीडीपीमा उछिनेका सन २०१९को सेम्टेम्बरमा जब एसियाली विकास बैंकले आफ्नो एसियायी विकास आउट लुक सार्वजनिक गर्यो तब भारतको जीडीपी ग्राथ झन्डै डेढ प्रतिशतले तल रहेको तथ्यांक सार्वजनिक गर्यो त्यसपछिमात्र भारतले आफ्नो आर्थिक अबस्था कमजोर बन्दै गएको थाहा पायो ।
२०१९मा बंगलादेशको जीडीपी वृद्धि ८ प्रतिशत अनुमान गरिएको थियो तर एडिवीको आउट लुकमा ८.१ प्रतिशत र भारतको ७.२ प्रतिशतबाट घटेर ६.५ प्रतिशत देखाएको थियो । सन २०२० को जीडीपी ग्राथमा बंगलादेश ८ प्रतिशत र भारतको ७.२ प्रतिशत मात्र प्रक्षपण गरेको छ ।
भारत र बंगलादेशको आर्थिक वृद्धिसँग तथ्यांकलाई हेर्ने हो भने बंगलादेशले सन २०१८ देखि नै भारतलाई पछि पार्दै आएको देखिन्छ । बंगलादेश र भारतमा आर्थिक वर्षको गणना एक दिनको फरकमा गर्ने गरेका छन् । भारतले अप्रिल १देखि मार्च ३१ सम्म गणना गर्ने गरेको छ भने बंगलादेशले १ जुन देखि ३० जुनसम्म गणना गर्ने गरिन्छ जहा भारतको आर्थिक वर्ष ३१ मार्चसम्म चलिरहेको हुन्छ ।
एडिबीको तथ्यांकलाई हेर्ने भने भारतभन्दा बंगलादेश तिव्र रुपमा धनी भइरहेको देखिन्छ । सन २०१७देखि नै बंगलादेशमा प्रतिव्यक्ति जीडीपी वृद्धिमा समेत भारतलाई उछिन्दै आएको छ । सन २०१७ मा भारतीयहरुको प्रतिव्यक्ति जीडिपी ५.८ हुँदा बंगलादेशीहरुको ६ प्रतिशत रहेको थियो । अब सन २०२०का लागि एडिबीले गरेको अनुमानित प्रतिव्यक्ति जीडिपीमा पनि भारतीयको ५.९ रहेको छ भने बंगालीहरुको ६.६प्रतिशत रहेको देखाएको छ ।
प्रतिव्यक्ति आम्दानीमा पनि बंगलादेश भारत नजिक आउँदै गरेको छ । सन २०१७मा बंगालीहरुको प्रतिव्यक्ति आम्दानी १४७० अमेरिकी डलर रहेको थियो सोहि बेला भारतको १८०० अमेरिकी डलर रहेको छ ।
विश्वमा नै आयको असमानता मापन गर्ने सूचकमा बंगालीहरु भारतीयभन्दा माथि रहेको देखाएको छ । सन २०१०देखि २०१७बीचको बंगलादेशको गिनी कोफिसिअन्ट ३२.४ रहेको छ भने भारतको ३५.१ रहेको थियो । गीनी कोफिसिअन्ट सुन्य भएयो भने आयमा समानता रहेको देखाउँछ ।
भारतभन्दा पनि तिव्रगतिमा माथि उठिरहेको बंगलादेशको आर्थिक मन्त्र के हो त यसका बारेमा ढाका युभिर्सिटीका प्रोफेसर सलिम रेहान भन्छन, ‘रेडिमेड गार्मेन्ट निर्यात, रेमिट्यान्स, कृषिको विकास, माइक्रो फाइनान्सको लगानी, ठूला परियोजनामा सरकारी खर्च बढ्नु हो ।’
बंगलादेशको आर्थिक वृद्धिमा सबैभन्दा ठूलो भूमिका खेल्ने उत्पादनमूलक औद्योगिककरण र यसको निर्यात जस्तै जापान, चीन दक्षिण कोरिया र अन्य एसियाली देशले अपनाएको अर्थव्यबस्थाको मोडल नै हो । एडिबीको अध्ययनका अनुसार बंगलादेश निर्यात र उत्पादनमूलक उद्योग स्थापनाबाट मनग्गै फाइदा लिइरहेका अन्य एशियाली देश जुन सन १९७०देखि २०१०सम्ममा यी देशले आफ्नो आर्थिक अबस्थालाई विश्वभरी चिनाएका थिए बंगलादेश अहिले त्यहि देशहरुको सूचीमा रहेको देखाएको छ ।
बंगलादेशले उत्पादनमूलक उद्योगले जीडिपीको एक चौथाइ हिस्सा ओगट्ने बनाएको छ भने यसबाट कृषिपछि बढी रोजगारी सृजना गर्ने क्षेत्रमा परेको छ ।बंगलादेशको ढाका एक समयमा मुसलिन नामको मलमल निर्यात गर्नमा विश्वभरी प्रसिद्ध नै मानिन्थ्यो । ढाकाको मलमल खरिद गर्न विश्वभरीबाट बंगलादेश जाने गरेका थिए ।
रेडिमेड गार्मेन्टको उत्पादन बंगलादेशमा गएपछि अहिले बंगलादेशको अर्थतन्त्रलाई नयाँ भएको प्रोफेसर रैहान बताउछन् । अहिले चीनपछि रेडिमेड गार्मेन्ट निर्यात गर्ने देशमा बंगलादेश पर्ने गरेको छ । बंगलादेशको उत्पादनमूलक क्षेत्रको जीडिपीमा ४५ प्रतिशत र कुल जिडीपीमा गार्मेन्टको हिस्सा ७ प्रतिशत रहेको छ ।
अर्को बंगलादेशको महत्वपूर्ण मोति भनेको उत्पादनमूलक क्षेत्र हो जहा ५० लाख मानिसले रोजगार पाएका छन् । श्रम पाउनेहरुमा ८० प्रतिशत महिलाले काम पाएका छन् । सन २०१३ देखि बंगलादेशको निर्यातमा ८० प्रतिशत हिस्सा ओगट्ने क्षेत्र नै उत्पादनमूलक उद्योग रहेको छ ।
बंगलादेशको कुल जीडिपीमा निर्यातको मात्रै १४देखि २० प्रतिशतसम्म योगदान रहेको छ । बंगलादेशले आर्थिक रुपमा फड्को मार्नुमा १९४७को औद्योगिक विवादलाई परिवर्तन गरेकाले भएको बताएउँछन, अर्थशास्त्री प्रोफेसर कौशिक बसु ।
बंगलादेशले सन २०१८मा ४.१३ करोड टन खाद्यन्य उत्पादन गरेको थियो जब त्यस वर्ष ४.१५ करोड टन खाद्यान्य उत्पादन गर्ने लक्ष राखेको थियो । साथै बंगलादेशमा सेवा क्षेत्रको जीडिपीमा ५० प्रतिशतभन्दा बढी योगदान रहेको छ जसले कुल रोजगारीमा ४० प्रतिशत योगदान रहेको छ ।
प्रतिक्रिया दिनुहोस