aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

चिलीमा भाडा बढाइएको विरोध प्रदर्शनमा बीसको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ कार्तिक २०७६
चिलीमा भाडा बढाइएको विरोध प्रदर्शनमा बीसको मृत्यु

सान्टियागो ।  चिलीमा जारी विरोध प्रदर्शनका क्रममा कम्तीमा २० जनाको मृत्यु भएको छ । गत अक्टोबर १९ देखि २७ सम्म आपतकाल लागू भएको यस समयावधिमा जारी रहेको सरकार विरोधी प्रदर्शनमा कम्तीका २० व्यक्तिको मृत्यु हुनुका साथै अन्य ४ सय ७३ व्यक्ति घाइते भएका गृह मन्त्रालयद्वारा मङ्गलबार जारी विज्ञप्तिमा उल्लेख छ । 

यस विरोध प्रदर्शनको क्रममा सयौंको सङ्ख्यामा सशस्त्र प्रहरीहरु पनि घाइते भएका छन् । उक्त समयावधिमा ४ सय ४५ प्रहरीका कार, ४९ उपमार्ग स्टेशन र २६ बस क्षतिग्रस्त भएको छ ।

कफ्र्यु लगाइएको यस अवस्थामा ७ हजार  १६६ व्यक्तिलाई पक्राउ गरिएको र २ हजार ३७ व्यक्तिलाई कारागार चलान गरिएको छ । गत सोमबार चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले सरकारको विरोधको प्रदर्शन गरिरहेका प्रदर्शनकारीको मागको सम्बोधन गर्दै आठ जना मन्त्रीलाई प्रतिस्थापन गर्नु भएको थियो । सार्वजनिक यातायातको भाडा बढाइएपछि विद्यार्थीले यो प्रदर्शन शुरु गरेका थिए । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस