काठमाडौं । संघीय सरकारले पूर्वाधार निर्माणका लागि आफ्नै स्वामित्वको नेपाल पूर्वाधार निर्माण कम्पनी दर्ता गरेको ३ महीना नबित्दै उस्तै स्वरूप र उद्देश्यको निर्माण कम्पनी खोल्ने तयारीमा प्रदेश ३ सरकार लागेको छ।
विकास निर्माणमा हुने ढिलासुस्ती र तिनको गुणस्तरमा बारम्बार प्रश्न उठिरहँदा प्रदेश ३ सरकार आफ्नै स्वामित्वको अधिकार सम्पन्न प्रदेश पूर्वाधार निर्माण कम्पनी स्थापना गर्ने सोचाइमा पुगेको हो। यससम्बन्धी कानून तर्जुमाका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति पाइसकेको प्रदेश ३ का मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री डोरमणि पौडेलले बताए ।
उनका अनुसार प्रदेश विकास परिषद्को पहिलो बैठकबाट निर्माण कम्पनी खोल्ने प्रक्रिया अघि बढाउने निर्णय पारित भइसकेको छ । संघीय सरकारले समेत निर्माण कम्पनी खोल्ने कानुन बनाइसकेकाले प्रदेशमा निर्माण कम्पनी खोल्नेबारे कुनै समस्या नरहेको पौडेलको बुझाइ छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस