aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

गुपचुप रुपमा आइसीयूमा राखेर प्रधानमन्त्रीको 'डाइलाइसिस' गरिदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ कार्तिक २०७६
गुपचुप रुपमा आइसीयूमा राखेर प्रधानमन्त्रीको 'डाइलाइसिस' गरिदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ । प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि आईसीयूमा राखेर खोप्य रुपमा डाइलाइसिस गरिएको स्रोतले कान्तिपुरलाई जानकारी दियो ।


प्रधानमन्त्रीको निजी चिकित्सक प्राडा दिव्यसिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित उपचार प्रक्रियाका लागि भर्ना भएको उल्लेख छ । अस्पताल प्रशासनले प्रधानमन्त्रीको विषयमा औपचारिक जानकारी दिन चाहेको छैन । यो समाचार कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस