काठमाडौं । एउटा कलमको मूल्य सयदेखि हजारसम्म अनुमान लगाउन सकिन्छ। तर, सप्तरीमा बिक्री तथा हस्तान्तरण भएको एउटा कलमको मूल्य एक लाखभन्दा बढी छ।
प्रत्येक वर्ष चित्रगुप्त पूजाको अवसरमा बिक्री हुने गरेको कलम यस वर्ष एक लाख एक सय पाँचमा बिक्री भयो। राजविराज–८ निवासी रेखादेवी कर्णले उक्त कलम खरिद गरिन्।
राजविराजस्थित चित्रगुप्त मन्दिरमा बुधबार आयोजित समारोहबीच उक्त कलम कर्णलाई हस्तान्तरण गरियो। चित्रगुप्त सेवा समिति राजविराजले प्रत्येक वर्ष भाइटीकाको दिन चित्रगुप्त भगवानको पूजामा चढाउने गरेको कलम डाँक बढाबढको माध्यमबाट बिक्री हुने गर्छ।
यस वर्ष कर्णले उक्त कलम खरिद गरेको समितिका अध्यक्ष सतिशकुमार दत्तले जानकारी दिए। उनका अनुसार ४० वर्षदेखि ‘कलम सकार’ गर्ने परम्परा रहेकामा यस वर्ष सबैभन्दा बढी रकममा कर्णले कलम सकार गरेकी हुन्। कर्णका पति सुरेन्द्रलाल कर्ण अवकाशप्राप्त शिक्षक हुन् भने जेठा छोरा शम्भु इन्जिनियर र कान्छा छोरा सरोज चिकित्सक छन्। आजको अन्नपूर्ण पोष्टबाट
प्रतिक्रिया दिनुहोस