aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

विराटनगर भन्सार जाँच चौकी निर्माण अन्तिम चरणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ कार्तिक २०७६
विराटनगर भन्सार जाँच चौकी निर्माण अन्तिम चरणमा

काठमाडौं । प्रदेश-१ को राजधानी विराटनगरस्थित नेपाल-भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) को निर्माण अन्तिम चरणमा पुगेको छ । 

भारततर्फको संरचना तयार भई सञ्चालनमा आइसकेको लामो समयपछि बल्ल नेपालतर्फको संरचनाको निर्माण पूरा हुन लागेको आईसीपीमा कार्गो भवन, यात्रु टर्मिनल भवन, मुद्रा सटही सुविधा, इन्टरनेट, वेयरहाउस, शीतभण्डार, क्वारेन्टाइन, क्लियरिङ एजेन्ट, सीसीटिभी, पार्किङ, रेस्टुराँ, बैंक र अन्य सार्वजनिक सुविधाको व्यवस्था गरिएको छ । 

इलेक्ट्रिक सब स्टेशन र वे ब्रिजलगायत सुविधा उपलब्ध छन् । नेपाल-भारतबीच सन् २००९ मा सीमा नाकामा दुरुस्तै प्रकृतिको भौतिक पूर्वाधारसहितको भन्सार चौकी निर्माण गर्ने सहमति भएको हो। यस्तो चौकी वीरगञ्ज, नेपालगञ्ज र भैरहवामा पनि निर्माण भएका छन् । आईसीपीको भौतिक संरचना निर्माण गर्ने दायित्व भारतको हुने सम्झौता थियो । सोहीअनुरूप विराटनगरमा नेपालतर्फको जाँच चौकी संरचनाका लागि भारतीय पक्षले रू १ अर्ब ३१ करोड लागत लाग्ने अनुमान गरेको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस