aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

५० प्रतिशत साना उद्योगमा सहकारीबाट कर्जा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ कार्तिक २०७६
५० प्रतिशत साना उद्योगमा सहकारीबाट कर्जा

काठमाडौं । साना तथा मझौला उद्योगमध्ये ५० प्रतिशत उद्योग ऋणका लागि सहकारी संस्थाको भर पर्ने गरेको पाइएको छ। बैंकहरूको सेवा सरल र प्रभावकारी नहुँदा उद्योगीहरू सहकारीबाट चर्को ब्याजदरमा ऋण लिन बाध्य भएका हुन्।

नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा ५० प्रतिशतमात्र साना तथा मझौला उद्योगले बैंकबाट ऋण पाउने गरेको उल्लेख गरेको छ । बैंकहरूले साना तथा मझौला (एसएमई) कर्जालाई प्राथमिकता दिने भन्दै प्रचार गरेपनि सेवा प्रभावकारी हुन नसक्दा उद्योगीहरूले सहकारीबाट ऋण लिने गरेका हुन्। राष्ट्र बैंकले ७७ वटै जिल्लाका सहरी क्षेत्रमा सञ्चालनमा रहेका साना तथा मझौला उद्योगमा वित्तीय परिचालनको अवस्थाबारे अध्ययन गरेको हो ।

जसमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशका साना तथा मझौला उद्योग ऋणका लागि सहकारीको भर पर्नुपर्ने देखिएको छ । यसैगरी सबैभन्दा कम प्रदेश १ मा ३० प्रतिशत उद्योग मात्र सहकारीमा जाने गरेका अध्ययन प्रतिवेदनमा उल्लेख छ। बैंकहरूबाट ऋण लिने प्रक्रिया लामो र झन्झटिलो हुँदा उद्योगीहरू सहकारीमा जाने गरेका हुन् । यसैगरी, धितोलगायतका समस्याले पनि उद्योगीहरू बैंकको पहुँचमा पुन नसकेको देखिएको छ।  यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस