aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अकूत सम्पतिदेखि नक्कली शैक्षिक प्रमाणपत्र फाइन सर्वोच्चमै थन्किए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ कार्तिक २०७६
अकूत सम्पतिदेखि नक्कली शैक्षिक प्रमाणपत्र फाइन सर्वोच्चमै थन्किए


काठमाडौं । सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दा पाँच वर्षदेखि फैसला हुन नसकेर थन्किएका छन् । पाँच वर्षभन्दा अघिका भ्रष्टाचारको मुद्दा अझै इजलासमा घुमिरहेको छ । अकूत सम्पति आर्जनदेखि नक्कली शैक्षिक प्रमाणपत्र बनाएर भ्रष्टाचार गरेको मुद्दासहित एक दर्जन मुद्दा सर्वोच्चमा विचाराधीन छन् ।

अदालतमा बर्सेनि भ्रष्टाचारको मुद्दाको चाङ बढे पनि फस्र्योट भने कम मात्रै हुने गरेको छ । अकूत सम्पत्ति आर्जन, घुस, नक्कली प्रमाणपत्र, गैरकानुनी कर्जा, सार्वजनिक सम्पत्ति हिनामिना, ठेक्का पट्टामा गोलमाल, बैंक घोटालगायत भ्रष्टाचारको मुद्दा फस्र्योट हुन नसकेर थन्किएका छन् ।

प्रधानन्यायाधीशको प्रतिबद्धता कागजमा सीमित
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पदभार गरेकै दिन भ्रष्टाचार मुद्दामा शून्य सहनशीलता अपनाउने गरेको प्रतिबद्धता पूरा हुन सकेको छैन । १९ पुसमा पदबहाल भएयता उनले भ्रष्टाचार मुद्दाको पेसी तोक्ने गरे पनि स्थगित र हेर्न नभ्याउने सूचीको लामो रेकर्ड छ ।

केही समयअघि लागू भएको न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनामा समेत सर्वोच्चले रणनीतिक उद्देश्यहरूमा मुद्दाको शीघ्र फर्स्योट  गर्ने, मुद्दा व्यवस्थापन पद्धतिमा सुधार गर्ने, न्यायिक काम कारबाही तथा मुद्दाको फैसलामा गुणस्तरीयता अभिवृद्धि गर्ने जनाए पनि अझै लागू हुन सकेको देखिँदैन । हरेकपटक प्रधानन्यायधीशले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रतिबद्धता कागजमा मात्रै सीमित बन्न पुगेको छ । आजको राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस