aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

एयरहोस्टेजका ब्वाइफ्रेन्डले गरे पाइलटसँग झगडा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ कार्तिक २०७६
एयरहोस्टेजका ब्वाइफ्रेन्डले गरे पाइलटसँग झगडा

आजकाल हवाईजहाजसँग सम्बन्धित अचम्मका घटना बाहिरिएका छन् । केही दिनपहिले यस्तै खबर बाहिरिएको थियो, जसमा एक महिलाले उडानको समयमा हिटरमा आफ्नो कपडा सुकाएको फोटो भाइरल भएको थियो ।

तर, यस पटकको घटना योभन्दा पनि चर्को खालको छ। यो पछिल्लो घटनामा एक एयरहोस्टेजका ब्वाइफ्रेन्डले नसामा झुम भएर पाइलटसँग झगडा गरेका छन् । ब्रिटिस एयरवेजमा काम गर्ने एयरहोस्टेज नेटली फिनडाल सिड् नीबाट लन्डनको यात्रामा गइरहेकी थिइन् । उनले यो भ्रमणलाई केही रोमान्टिक तथा यादगार बनाउनका लागि आफ्ना ब्वाइफ्रेन्डलाई पनि साथै लिएर गएकी थिइन्, तर उनलाई अगाडि हुने घटनाका बारेमा केही थाहा थिएन ।

सिड्नीबाट लन्डनसम्मको यो उडानमा सिंगापुरमा रोकिने कार्यक्रम थियो । यहाँकै होटलमा नेटली बाँकी कर्मचारीसँग रोकिएकी थिइन् । उनले आफ्नो ब्वाइफ्रेन्डलाई पनि बोलाउने फैसला गरिन् । नेटलीका ब्वाइफ्रेन्ड पनि सोही स्थानमा पुगे र धित मर्ने गरी रक्सी पिउन थाले। यसपछि होटलको रिसेप्सनमा । सोही विमानका पाइलटसँग कुनै कुरालाई लिएर विवाद भयो र दुवै एक अर्कासँग झगडा गर्न थाले । यात्रुका अनुसार नेटलीका ब्वाइफ्रेन्डले विमानमा पनि रक्सी पिएका थिए । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस