aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

गाउँलेको करिब ३० लाख लिएर कर्मचारी नै भागेपछि...

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ कार्तिक २०७६
गाउँलेको करिब ३० लाख लिएर कर्मचारी नै भागेपछि...

काठमाडौं । गरिब तथा विपन्न पारिवारलाई कर्जा नलिए बाँच्न गाह्रो छ। उनीहरूलाई अधारभूत आवश्यकता पूरा गर्न साहुमहाजनसँग ऋण लिनैपर्छ। खासगरी अतिविपन्न तथा बेरोजगार पारिवारले छोरीलाई बिहेमा दिनुपर्ने दाइजो, वैदेशिक रोजगारीमा जाँदा लाग्ने रकम, स्वास्थ्योपचारलगायत सामान्य घरखर्च चलाउन पनि ऋण लिनुपर्ने बाध्यता छ। तर, धनुषाको एक गाउँको कथा सुनेर कतिपयलाई पत्यार नलाग्न सक्छ, जहाँका २५ जना गाउँलेको करिब ३० लाख रुपैयाँ लिएर कर्मचारी नै भागेपछि उनीहरू कंगाल बनेका छन्।

जनकपुर–ढल्केबर सडकखण्डअन्तर्गत पर्ने महेन्द्रनगर बजारबाट ५ किलोमिटर पश्चिमतर्फको दूरीमा पर्छ, शान्तिपुर गाउँ। बटेश्वर गाउँपालिका–५ स्थित शान्तिपुर मुस्लिम टोलमा करिब ४५ घरधुरी छन्। मुस्लिम टोलका २५ जना महिलाले सहकारी बैंकबाट सुलभ दरमा ऋण लिएर ३६ प्रतिशत ब्याजदरमा अर्को व्यक्तिलाई ऋण दिए। तर, ऋण लिने व्यक्ति नै फरार भएपछि उनीहरू अहिले बिचल्लीमा छन्।

चार वर्षअघि गाउँकै सुरेन्द्र सिंहकी पत्नी जसोधा सिंह छिमेकी लघुवित्त विकास बैंकको सहजकर्ता बनेर आइन्। जसोधाले मासिक बचत गर्नेगरी पाँचजनाका दरले पाँचवटा समूह बनाइन्। प्रतिमहिना सदस्यहरूले तीन सय रुपैयाँका दरले जम्मा गर्न थाले। जम्मा गरेको तीन वर्ष पनि बित्यो। तीन वर्ष पूरा भएपछि संस्थाकी कर्मचारी जसोधाले आफूलाई आवश्यक परेको भन्दै सदस्यले जम्मा गरेको पैसा निकालेर व्यक्तिगत काममा प्रयोग गरिन्। आजको नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस