तपाईले विभिन्न किसिमका रेकर्डको बारेमा सुन्नु भएको होला । आप्mनो नाम गिनिज बुकमा लेखाउनका लागि विभिन्न किसिमको काम गर्ने गरेका छन् । तर यो बुकमा मानिसले बनाएको कीर्तिमानीका साथै जनावरले बनाएको कीर्तिमानको बारेमा पनि राख्ने गरिएको छ ।
आजको कहानी एक जनावरको बारेमा रहेको छ । यो ४१ किलो ऊन दिने भेडाको हो । जसको नाम क्रिस राखिएको छ । क्रिसले २०१५ मा सबैभन्दा बढी ऊन दिने रेकर्ड बनाएको थियो । त्यसैले क्रिसको नाम गिनिज बुकमा दर्ता भएको थियो । हालसम्म पनि क्रिसले बनाएको रेकर्ड अन्य भेडाले तोड्न सकेका छैनन् ।
तर ४१ किलो ऊन दिने भेडाको मृत्यू भएको छ । क्रिसको शरीरबाट ४१ किलो ऊन निकालिएको थियो । तर अत्याधिक वजन भएका कारण क्रिसको जिवन खतरामा परेको थियो । जसका कारण यो भेडाको कपाल काटिएको थियो र यसबाट निकालिएको ऊनले विश्व रेकर्ड बनाएको थियो ।
यो समाचार फेसबुकमा शेयर गरिएपछि विश्वभरका मानिसले आप्mनो प्रतिक्रिया दिन सुरु गरेका छन् । क्रिसको हेरचाह गर्दै आएको संस्था साउथ वेल्स फर्मले क्रिसको मृत्यूको समाचारको पुष्टि गरेको छ । संस्थाले अधिक उमेर भएका कारण क्रिसको मृत्यू भएको जनाएको छ । लिटिल ओक सेन्चुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“प्यारो, बुद्धिमान तथा मित्रताबाट भरिएको यो आत्माको बिदाईबाट हामी अत्यन्त दुखित भएका छौ ।’’
क्रिस मरिनो प्रजातीको भेडा हो । यो प्रजातीको भेडाको अधिकतम उमेर १० वर्ष हुने गर्छ । क्रिसको उमेर पनि लभगभ १० वर्षकोनै थियो । कारोबार दैनिकबाट
प्रतिक्रिया दिनुहोस