aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

केटी जिस्काएको निहुँमा झगडा हुँदा गोरखामा जन्तीको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ बैशाख २०७६

काठमाडौं, वैशाख १९ । केटी जिस्काएको निहुँमा गोरखामा जन्ती पक्ष र गाउँलेबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । लमजुङको राइनस नगरपालिका–४ अल्कटारबाट बेहुली लिन गोरखाको पालुङटार–४ कुमाल गाउँ आएका जन्ती युवाहरूले केटी जिस्क्‍याएको आरोपमा कुटाकुट भएको थियो । कुटपिटबाट घाइते जन्ती अल्काटारका ३४ वर्षीय विष्णुबहादुर कुमालको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया दिनुहोस