
एजेन्सी । चितामा जलिरहेको लाश झिकेर खाने व्यक्तिको भारतको मुरादावादमा हत्या भएको छ । दिपावलीको दिन मुरादावादमा एकजना बाबाको हत्या भएपछि उक्त व्यक्ति र चेलाले अहिलेसम्म १३६ जना मानिसको लाश खाएको रहस्य खुलेको छ ।
पछिल्लो पटक एक युवतिको चितामा जल्दैगरेको लाश झिकेर खाएको आरोपमा उक्त युवतीको भाईले त्यो लाश खाने व्यक्ति र उसका चेलाहलाई मारिदिएकाे थियाे । उसलाइ पक्रेर त्यो तथाकथित बाबालाई र उसका साथीलाई मार्नुको कारण सोधपुछ गर्दा त्यसको कारण अचम्म लाग्दो रहेछ ।
केहीदिन अगाडी त्यो बाबाले हत्यारोपी युवाकी बहिनीको जली रहेकी लाश चिताबाट झिकेर खाएको आफै स्विकार गरेपछि हत्या गरिएको बुझिन आएको छ ।
त्यो अघोरी बाबाको हत्या भएको हल्ला फैलिनासाथ त्यहाँ अन्य परिवारहरु पनि जम्मा भएका भएका थिए जसका परिवारका सदस्यहरुको शव त्यो बाबाले खाई सकेका थिए । बाबाले चितामा लाश अलिकति जल्नासाथ पानीहलेर सेलाउन हाल्दथ्यो र पछि त्यो लाशबाट महत्वपुर्ण अंग झिकेर खाने गर्दथ्यो ।
अंकुश भन्ने व्यक्तिले बहिनीको लाशबाट महत्वपुर्ण अंग कसले झिक्यो भनेर मसानघाट नजिग बस्ने राजेन्द्र गिरी नाम बाबालाई सोध्दा , तन्त्र विद्या साधनाका लागि उसले यसरी लाश खानेगरेको बताएका थियो । त्यो सुनेपछि अंकुशले बाबा राजेन्द्र गिरी र एक चेला नितेशलाई मारिदिएको थियो ।
यो घटना छानविन गर्दै जादा एक बर्षमा १३६ लाश खाएको प्रहरीले बताएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस