aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालिन कर्फ्यू, प्रहरीले गोली चलायो, एकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ कार्तिक २०७६
कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालिन कर्फ्यू, प्रहरीले गोली चलायो, एकको मृत्यु

कपिलवस्तु । लक्ष्मी मूर्ति बिसर्जन गर्ने विषयमा कपिलवस्तुको कृष्णनगरमा हिन्दु र मुसलमान पक्षबीच विवादका कारण झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ ।

कर्फ्यू आदेश उल्लंघन गर्ने माथि प्रहरीले गोली प्रहार गरेको छ । प्रहरीको गोली लागी स्थानीय कृष्णनगर नगरपालिका-२ सुरजकुमार पाण्डेको मृत्यु भएको छ।प्रशासनले बिहान ११ बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि कृष्णनगर बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

कर्फ्यू कृष्णनगर बजारको भन्सार कार्यालयको उत्तर ७०० मिटरदेखि, पश्चिम ७०० मिटर र पूर्व ३०० मिटर क्षेत्रमा लागु गरिएको छ।

बुधबार साँझदेखि सुरु भएको विवादले बिहीबार विहान झनै ठूलो रुपम लिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालका लागि कर्फ्यु जारी गरेको छ ।

मूर्ति विसर्जन गर्ने क्रमममा रुटको विषयलाई लिएर स्थानीय दुई समुदायबीच विवाद भएको थियो ।

विवाद मिलाउन खोज्दा प्रहरीमाथि नै जाइलागेपछि स्थिति थप तनावग्रस्त बनेको हो ।

यसअघि गत वर्ष पनि दशैँमा दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कृष्णनगरमा विवाद हुँदा कर्फ्यू लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस