aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

६० हजार घूससहित सई पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ कार्तिक २०७६
६० हजार घूससहित सई पक्राउ

काठमाडाैं । बाराको प्रहरी चौकी गञ्जभवानीपुरमा कार्यरत प्रहरी नायब निरीक्षक जटाशंकरप्रसाद कलवारलाई घूस रकमसहित नियन्त्रणमा लिइएको छ।

कलवारलाई सेवाग्राहीबाट ६० हजार घूस रकम लिइसकेको अवस्थामा बिहीबार कलैया उपमहानगरपालिकास्थित श्रीराम खाद्य उद्योग अगाडिबाट पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ।

भारतबाट मालसामान ल्याउन सहज गराई दिने भन्दै सेवाग्राहीसँग घूस माग गरेको भन्ने उजुरीका आधारमा कलवारलाई पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस