aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भारतीय शेयर बजारमा फेरि नयाँ रेकर्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ कार्तिक २०७६
भारतीय शेयर बजारमा फेरि नयाँ रेकर्ड

एजेन्सी । भारतीय शेयर बजार पुनः ऐतिहासिक विन्दुमा पुगेको छ । विहीबार आजसम्मका सबै रेकर्ड तोड्दै भारतीय शेयर बजारको मापन गर्ने सेन्सक्स ४० हजार १२९.०५ विन्दुमा पुगेको छ । कारोबारको  क्रममा सेन्सक्सको वृद्धि ४० हजार ३७५.८५ सम्म पुगेको थियो ।  यसभन्दा पहिला सन २०१९ जुनमा सेन्सक्स ४० हजार ३१२ विन्दुमा पुगेको थियो । 

बम्बे स्टक एक्स्चेञ्जको सेन्सक्स विहीबार १८३ अंकले वृद्धि भइ ४० हजार २३५ अंकबाट कारोबार शुरुभएको थियो । नेशनल स्टक एक्स्चेञ्ज निफ्टीमा पनि ४६ अंकको वृद्धिसँग बजार ११ हजार ८९० अंकबाट कारोबार शुरु भएका थियो । 

भारतीय शेयर बजारमा विहीबार अधिकांश बैंक तथा वित्तीय कम्पनीको शेयरमा उछाल आएको थियो । एस बैंक, जी एन्टरम्यन्ट, एसबीआइ बैंक, ग्रासिम इन्डस्ट्रि, इन्फोसिसको शेयर धेरै मात्रमा वृद्धि भएको थियो । बैंकहरुको शेयरमा ३५ प्रतिशतसम्म वृद्धि भएको थियो । कारोबारको क्रममा एस बैंकको शेयर ३५ प्रतिशतसम्म वृद्धि भएको थियो । 

अमेरिकी केन्द्रीय बैंकले व्याजको दरमा कटौतिको अन्य देशमा परेको असर भारतमा पनि देखिएको विश्लेशषकहरुले बताएका छन् । विदेशमा लगानी गर्ने भारतीयहरुले भारतीय शेयर बजारमा ७ हजार करोड भारु बराबरको शेयर खरिद गरेको अनुमान गरिएको छ ।  
 

प्रतिक्रिया दिनुहोस