काठमाडौं । विभिन्न सरकारी कार्यालय तथा भौतिक संरचना निर्माणले पछिल्लो समय गति लिएको छ । कतिपय ती संरचना अति आवश्यक रहँदै आएका छन् भने कतिपय विलासीपनका समेत देखिएका छन् ।
सरकारले प्रधानमन्त्री निवास बालुवाटारमा स्वमिङ पुल, हेल्थ क्लब निर्माण गरिरहेको छ भने सिंहदरबारभित्र तीन तलाको भवनमा समेत लिफ्ट जडान गरेको छ ।
सहरी विकास मन्त्रालयको आयोजनामा स्विमिङ पुल, हेल्थ क्लबको निर्माण भइरहेको हो । सरकारले विभिन्न मन्त्रालयमा लिफ्ट जडान गरेको छ । तीनरचार तलाका मन्त्रालयका भवनमा सरकारले लिफ्ट जडान गरेको हो ।
दैनिक कार्य सञ्चालनका लागि आवश्यक मानिएको संसद् भवन निर्माण, भूकम्पले भत्काएका भौतिक संरचनाको निर्माणले पनि गति पाएको छ । आजको राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस