aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

बाग्लुङमा भूकम्प, छिमेकी जिल्लाहरुमा पनि हल्लायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ कार्तिक २०७६
बाग्लुङमा भूकम्प, छिमेकी जिल्लाहरुमा पनि हल्लायो

काठमाडौं । बाग्लुङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान सबेरै ३ बजेर ५१ मिनेटमा ४.५ म्याग्निच्यूडको भूकम्प गएको हो ।

बाग्लुङको बंगादोभान आसपास केन्द्रविन्दु भएर सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

‘यो नयाँ भूकम्प हो । पराकम्पन होइन । बेला–बेलामा स–साना भूकम्प जानु स्वाभाविक प्रक्रिया हो’–भूकम्पविद् भरत कोइरालाले भने ।

यसअघि, यही कात्तिक ११ गते मुगु केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यसअघि, कात्तिक ५ गते उदयपुर केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडकै भूकम्प गएको थियो । केन्द्रकाअनुसार यी पनि नयाँ भूकम्प नै हुन् । विनाशकारी ‘गोरखा भूकम्प’का पराकम्पन होइनन् ।

बेला–बेलामा स–साना भूकम्प जानुलाई भूकम्पविद् सन्चित शक्ति क्षयीकरण मान्छन् । शुक्रबार बिहानको भूकम्पको धक्का छिमेकी जिल्लाहरु गुल्मी, प्यूठान, रोल्पा र रुकुममासमेत महसुस गरिएको स्थानीयले बताएका छन् ।

सो भूकम्पले अहिलेसम्म कुनै क्षति पुर्‍याएको विवरण आएको छैन ।

प्रतिक्रिया दिनुहोस