aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
राष्ट्र बैंक, धितोपत्र बोर्ड र पुनर्बीमा कम्पनीको नेतृत्वमा जान दौडधुप

तीन निकायका प्रमुखको खोजीमा सरकार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ कार्तिक २०७६
तीन निकायका प्रमुखको खोजीमा सरकार

काठमाडौं । सरकार यतिबेला चर्चित तीन सरकारी निकायको नेतृत्वकर्ताको खोजीमा लागेको छ । नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र नेपाल पुनर्बीमा कम्पनीका हाँक्न सक्ने व्यक्तिको खोजीमा लागेको छ । ती निकायको नेतृत्व हाँक्ने र पार्टी र नेतृत्व तहलाई गाँठ बुझाउन सक्ने व्यक्तिको खोजीमा सरकार लागेको छ ।

चर्चित गायिका एवम् नेकपाको राष्ट्रिय सभा सदस्य कोमल ओलीको गीत ‘मनमा आँट र गोजी गाँठ भएको चाहिएको छ ’ भन्ने जस्तै ती संस्था हाँक्न सक्ने पनि आँट भएको र पार्टी र उच्च तहका नेतालाई रकम (गाँठ) बुझाउन सक्ने व्यक्तिको खोजीमा जुटेको सरोकारवालाको भनाइ छ ।अहिले सरकारी स्वामित्वको पुनर्बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद खाली छ । उक्त कम्पनीमा सीईओ नभएको ३ महिना भएको छ । नयाँ सीईओको खोजीमा सरकार लागेको छ ।  निवर्तमान प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीको कार्यकाल गत असार मसान्तमा सकिएसँगै पुनर्बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत पद रिक्त छ । हाल दामोदर भण्डारीले कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन् । उक्त पदका लागि करिब आधा दर्जन प्रतिस्पर्धामा छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको पद आगामी चैतबाट सकिँदैछ । उक्त पदमा करिब एक दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । गभर्नर पदमा अहिलेका डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी, शिवराज श्रेष्ठ, अर्थसचिव डा. राजन खनाल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भिष्मराज ढुंगाना, भाष्करमणि ज्ञवाली र बासुदेव अधिकारी इच्छुक देखिका छन् । 

खनाल, शिवाकोटी, अधिकारी, ढुंगााना, ज्ञवाली, अधिकारीलगायतका व्यक्तिमध्येबाट पहुँचका आधारमा गभर्नर हुने सम्भावना छ । यता, धितोपत्र बोर्डको अध्यक्षको पद खाली छ । गभर्नर नभए धितोपत्र बोर्डको अध्यक्ष भए पनि हुने भन्ने लाइनमा ढुंगाना, अधिकारी, ज्ञवाली लागेको बुझिएको छ । त्यस बाहेक बोर्डमै रहेर लामो अनुभव हसिल गरेका व्यक्ति कार्यकारी निर्देशकद्वय परिष्टनाथ पौडेल, निरज गिरी र निमित्त कार्यकारी निर्देशक डा.नवराज अधिकारीले अध्यक्षको दाबी गर्दै आएका छन् ।  बाहिरबाट ल्याउनुभन्दा उनीहरुलाई नै अध्यक्षको जिम्मेबारी दिनेकी भन्ने तयारी भइहेको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस