
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सासंद राजेन्द्र गौतमको बानेश्वर स्थित कोठाबाट चोरी भएको छ।
उनको बिहिबार दिउँसो घरमा कोही नभएको बेला चोरी भएको महानगरीय प्रहरी वृत बानेश्वरले जनाएको छ।
'सर पनि काममा व्यस्त हुनुभएछ, म्याडम पनि कहाँ बाहिर निस्किनुभएको बेला दिउँसो चोरी भएको रहेछ' महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी दुर्गा रेग्मीले भने।
२ तोला सुन र नगद सबै गरी ३ लाख बराबरको धनमाल चोरी भएको डिएसपी रेग्मीले जानकारी दिए।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले अनुसन्धान गरिरहेको भइरहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस