aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भारतीय 'भिआइपी' चोर साह पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ कार्तिक २०७६
भारतीय 'भिआइपी' चोर साह पक्राउ

काठमाडौं । केही समययता पूर्वका झापा, मोरङ, सुनसरी लगायत जिल्लामा चोरीले आतंक मच्चाउने एक भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले भारतीय नागरिक रघुबरप्रसाद साहलाई नियन्त्रणमा लिएको हो।

साहले केही महिनादेखि तीन जिल्लामा रातिको समयमा चोरी गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

'हामीले पहिलेदेखि नै निगरानी गरिरहेका थियौं। यसपटक भने सामात्न सफल भयौं,' इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहनकुमार थापाले भने।

प्रहरीले साहको साथबाट डव्लुबी ७४ एएम २७२४ भारतीय नम्बर प्लेटको कारसमेत बरामद गरेको छ। साहले बिर्तामोड नगरपालिका वडा नम्बर ५ डेरा गरी बस्ने ललिता सापकोटा, गीता पौडेलको घर/कोठाबाट चोरी गरेका थिए। चोरीको सुचना प्राप्त भएपछि सीसी क्यामरा फुटेजको आधारमा उनको खोजी गरिएको थियो।

साह, काकाडभिट्टा नाका हुँदै चोर्नकै लागि नेपाल आउने गरेको खुलेको छ।

प्रतिक्रिया दिनुहोस