aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मन्दीको  असर आइटी कम्पनी १२ हजार कर्मचारी निकाल्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ कार्तिक २०७६
मन्दीको  असर आइटी कम्पनी १२ हजार कर्मचारी निकाल्दै

एजेन्सी । अमेरिकी आइटी कम्पनी कग्निजेन्टले आउँदो वर्ष १२ हजार कर्मचारी निकाल्ने योजना बताएको छ । कम्पनीले यो त्रैमासको आर्थिक प्रतिवेदन आएसँगै कर्मचारी निकाल्ने  योजना बनाएको हो । यो त्रैमासमा कम्पनी सञ्चालन खर्चको मार्जिन १५.७ प्रतिशतले गिरावट आएसँगै कर्मचारी निष्कासन गर्ने तयारी गरेको बताइएको छ । 

कम्पनीले नाफामा पछिल्लो त्रैमासमा आय ४.२ प्रतिशतले बढेर ४.२५ अर्ब डलरसम्म पुगेको थियो । कम्पनीले  २०२० सम्मको ग्रोथ प्लान बनाएको छ । योबीचमा कम्पनीमा लगानी बढाउने, डिजिटल ग्रोथ वृद्धि गर्ने र कम्पनीका मध्येस्तरदेखि वरिष्ठस्तरका कर्मचारी गरि १२००० सम्म कर्मचारी निकाल्ने योजना बनाएको छ । तर, यसबीचमा ५००० नयाँ कर्मचारी पनि भर्ना गर्ने तयारी गरेको छ । कम्पनीले २०२१सम्ममा यी सबै उपाया अपनाएपछि करिब ५.५ करोड डलर बचत गर्ने योजना ल्याएको छ ।

कम्पनीमा २०१९ २ लाख ८९ हजार ९ सय कर्मचारी थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कम्पनीले नयाँ व्यापारमा  लगानी गर्नका लागि फण्डिङ आवश्यक पर्ने जनाएका छन् । कम्पनीको डिजिटल आयमा २५ प्रतिशत बढेको छ । कम्पनीको डिजिटल क्षेत्रको आय ३५ प्रतिशत हिस्सा रहेको छ । 

प्रतिक्रिया दिनुहोस