aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

बढ्यो निर्यात, घट्द छ व्यापार घाटा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १६ कार्तिक २०७६
बढ्यो निर्यात, घट्द छ व्यापार घाटा

काठमाडौं । यस आर्थिक वर्षका तीन महिनामा व्यापार घाटा निरन्तर घटेको छ। अघिल्लो वर्षको तुलनामा आयात कम र निर्यात बढी भएकाले व्यापार घाटा घटेको हो। 

भन्सार विभागले प्रकाशन गरेको तीनमहिने व्यापार तथ्यांकअनुसार गत वर्षको तलनामा आयात १०.३४ प्रतिशतले घटेको छ भने निर्यात १४.४१ प्रतिशतले बढेको छ। व्यापार घाटा १२.०२ प्रतिशतले कम भएको छ। भारतसँग आयात घटेको र निर्यात बढेको छ । भने आयात बढेको र निर्यात घटेको छ। 

गत वर्ष उच्च आयात, निराशाजनक निर्यात र बढ्दो व्यापार घाटा व्यहोरिरहेको सन्दर्भमा तीन महिनाको तथ्यांकले व्यापारमा केही सकारात्मक संकेत देखाएको हो। तर, कम आयातले अर्थतन्त्रका केही क्षेत्रमा असर परेको छ । राजस्व संकलन लक्ष्यको तुलनामा करिब २२ प्रतिशत कम भएको छ। 

अर्थ मन्त्रालयका अनुसार तीन महिनामा २ खर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ। ‘भन्सार राजस्व संकलन गत वर्षको तुलनामा ऋणात्मक छ,’ अर्थका एक अधिकारीले भने । गत वर्ष सुरुका तीन महिनामा भन्सारबाट ९९ अर्ब ९२ करोड ३५ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । यस वर्ष तीन महिनामा ८९ अर्ब ९३ करोड १२ लाख १६ हजार रुपैयाँ मात्रै संकलन भएको छ, जुन १० प्रतिशतले कमी हो। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस