काठमाडौं । नेपाल प्रमणमा रहेको विश्व बैंकको प्रतिनिधि मण्डलले बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गरी नेपालको संघीयताको प्रशंसा गरेको छ।
१३ सदस्यीय प्रतिनिधि मण्डलले नेपालको संघीयता व्यवस्थापनमा भएको उपलब्धि र आर्थिक व्यवस्थापनका प्रयासबारे प्रशंसा गरेका छन्।
विश्व बैंकमा संसार भरका सम्पूर्ण सदस्य राष्ट्रका तर्फबाट प्रतिनिधित्व गर्ने २५ वटा कार्यकारी निर्देशकमध्ये नेपाल समेतको प्रतिनिधित्व गर्ने ९ जना कार्यकारी निर्देशक, २ जना वैकल्पिक कार्यकारी निर्देशक र बैंकका उच्च । पदस्थ कर्मचारीसहितको । प्रतिनिधिमण्डल नेपाल आएको हो। यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस