aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

वित्तीय पहुँचमा वृद्धि, ७३९ तहमा बैंक पुगे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १६ कार्तिक २०७६
वित्तीय पहुँचमा वृद्धि, ७३९ तहमा बैंक पुगे

काठमाडौं । नेपालमा वित्तीय पहुँच तीव्र रूपमा वृद्धि भएको देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरूको संख्यात्मक वृद्धि र शाखा विस्तारका कारण वित्तीय पहुँच वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएका हो ।

गत एक वर्षको अवधिमा मात्र बैंक तथा वित्तीय संस्थाका २ हजारभन्दा बढी शाखा थपिएको छ । ७५३ स्थानीय तहमध्ये ७३९ तहमा वाणिज्य बैंकहरुको शाखा पुगिसकेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अब १४ वटा स्थानीय तहमा मात्र बैंकिङ शाखा पुग्न बाँकी रहेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले २०७६ असोजमा जारी गरेको नेपालमा वित्तीय पहुँचको स्थितिसम्बन्धी अध्ययनले नेपालीको वित्तीय पहुँचमा उल्लेखनीय वृद्धि भएको निष्कर्ष निकालेको हो ।

पछिल्लो सयममा नेपालमा बैंकिङ सेवामा पहुँच उल्लेख्य वृद्धि भई ६०.९ प्रतिशत नेपाली नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको देखिएको छ ।

लघुवित्त वित्तीय संस्था र बचत तथा ऋण सहकारी संस्थाको वित्तीय सेवालाई समेत समावेश गर्ने हो भने नेपालमा वित्तीय पहुँच थप विस्तार भएको राष्ट्र बैंकको अनुमान छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस