
काठमाडौं । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेललाई प्रहरी नायब महानिरीक्षक पदमा बढुवाका लागि सिफारिश गरेको छ । मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले जनपद प्रहरीतर्फका प्रहरी वरिष्ठ उपरीक्षक पोखरेललाई प्रहरी नायब उपरीक्षक पदमा बढुवाका लागि सिफारिश भगरेको हो ।
पोखरेललाई प्रहरी नियमावली २०७१ ९संशोधन सहित० को नियम २७ को उपनियम ४ को प्रावधानअनुसार उक्त पदमा बढुवाका लागि सिफारिश गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले जानकारी दिए। प्रहरी वरिष्ठ उपरीक्षक पोखरेल हाल केन्द्रीय लागुऔषध ब्यूरो कोटेश्वरमा कार्यरत छन ।
प्रतिक्रिया दिनुहोस