aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अब घर किन्नेलाई बैंकले दिनेभयो ७० प्रतिशत सम्म कर्जा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ कार्तिक २०७६
अब घर किन्नेलाई बैंकले दिनेभयो ७० प्रतिशत सम्म कर्जा

काठमाडौं । पहिलोपटक घर तथा अपार्टमेन्ट किन्ने व्यक्तिले अब बैंक तथा वित्तीय संस्थाबाट कुल लागतको ७० प्रतिशतसम्म कर्जा पाउने भएका छन् । 

यसअघि बैंकहरूले यस्तो आवास किन्न काठमाडौं उपत्यकामा ५० प्रतिशत र उपत्यकाबाहिर ६० प्रतिशतसम्म कर्जा प्रवाह गर्दै आएका थिए । नेपाल राष्ट्र बैंकले शुक्रवार एकीकृत निर्देशन संशोधन गरेर नयाँ व्यवस्था ल्याएको हो । 

नयाँ निर्देशनअनुसार ऋणीले बैंकबाट रू १ करोड ५० लाखसम्म यस्तो कर्जा पाउने छन्। ऋणीले बैंकबाट यस्तो सुविधा लिनका लागि किन्न लागेको आवास ३ हजार वर्गफीटसम्म हुनुपर्नेछ साथै उक्त आवास ऋणी आफैले प्रयोग गर्नका लागि किनिएको हुनुपर्ने राष्ट्र बैंकले बताएको छ । 

यस्तो कर्जा प्रवाह गर्दा बैंकले यसअघि ऋणीले कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट यस्तो कर्जा नलिएको यकिन गर्नुपर्ने हुन्छ । साथै, कर्जा अवधिमा ब्याजदर वृद्धि भएमा पूर्वनिर्धारित मासिक किस्ता भने नबढ्ने गरी भुक्तानीको व्यवस्था मिलाउनुपर्ने पनि निर्देशनमा उल्लेख गरिएको छ। यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस