aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

मदिराको कारोबार घट्दा राजस्वमा गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ कार्तिक २०७६
मदिराको कारोबार घट्दा राजस्वमा गिरावट

चितवन । मदिराको कारोबारमा कमी आउँदा आन्तरिक राजस्व कार्यालय, भरतपुरको राजस्व संकलनमा असर परेको छ । 

कार्यालयको राजस्वको मुख्य स्रोत मदिरा रहेको र यसको कारोबार कम हुँदा राजस्व रकम घटेको हो । चालू आर्थिक वर्षको शुरुआती ३ महीनामा लक्ष्यभन्दा २६ प्रतिशत कम राजस्व उठेको कार्यालयले जानकारी दिएको छ । 

कार्यालयका प्रमुख शुबप्रसाद रिजालका सडकमा अनुसार असोज मसान्तसम्म रू. १० अर्ब ७४ करोड ९५ लाख राजस्व उठाउने लक्ष्य थियो, तर यो अवधिमा ८ अर्ब ५८ लाख मात्र संकलन गरेको छ । 

गतवर्ष कार्यालयले यस अवधिमा ७ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ संकलन गरेको थियो। असोज मसान्तसम्म अन्तःशुल्क शीर्षकमा कार्यालयले ९ अर्ब ५६ लाख ११ लाख लक्ष्य पाएकोमा ६ अर्ब ८१ करोड ५९ लाख मात्र संकलन भएको छ । ‘आन्तरिक राजस्व संकलनको मुख्य स्रोत नै अन्तःशुल्क हो,’ रिजालले भने, ‘यस वर्ष मदिराको सोचेजस्तो कारोबार देखिएन । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस