aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

हालसम्मकै उच्च वैदेशिक लगानी माथिल्लो त्रिशुली १ मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ कार्तिक २०७६
हालसम्मकै उच्च वैदेशिक लगानी माथिल्लो त्रिशुली १ मा

काठमाडौं । रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली-१ जलविद्युत् आयोजनामा हालसम्मकै सबैभन्दा बढी वैदेशिक लगानी भित्रिएको छ ।

तीन कोरियन कम्पनी, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाली साझेदारसमेतको लगानी रहने आयोजना नेपाल वाटर एण्ड इनर्जी डेलभपेन्ट कम्पनीले निर्माण गर्नेछ । आयोजनाका लागि ४५३.२ मिलियन डलर अर्थात करिब ५० अर्ब लगानी भित्रिएको हो ।

आयोजनाका लागि आईएफसी, एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैक, कोरियाली निर्यात-आयात बैंक लगायतका नौ बैक तथा वित्तिय संस्था तथा कम्पनीबीच शुक्रबार ऋण लगानी सम्झौता समेत भएको छ ।

नर्वेजियन कम्पनीले निर्माण गरेको पहिलो वैदेशिक लगानीको आयोजना ६० मेगावाट खिम्तीदेखि अमेरिकी लगानीको ४५ मेगावाटको भोटेकोशी र चीनीयाँ लगानीको ५० को अपर मध्यमाड्दी जलविद्युत् आयोजनासम्मका वैदेशिक लगानी आएपनि हालसम्मकै सबैभन्दा बढी वैदेशिक लगानी आएको आयोजना भने माथिल्लो त्रिशुली-१ नै हो। यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस