aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

ब्रान्चलेस बैंकिङ : शाखा बढ्दै, सेवाग्राही घट्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ कार्तिक २०७६
ब्रान्चलेस बैंकिङ : शाखा बढ्दै, सेवाग्राही घट्दै

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको शाखा रहित (ब्रान्चलेस) बैंकिङ सेवा बृद्धिको तुलनामा सेवाग्राही भने घट्न थालेका छन् । बैंकहरुले प्रतिस्पर्धी रुपमा सुरु गरेका शाखारहित बैंकिङ केन्द्रबाट सेवा लिनेबारे सर्वसाधारण आकर्षित नहुँदा यसबाट सेवा लिनेको संख्या बढ्न नसकेको हो।

नेपाल राष्ट्र बैंकका अनुसार २०७३ सालमा प्रति शाखारहित बैंकिङ केन्द्रबाट प्रतिकेन्द्र २६२ जना ग्राहकहरुले सेवा लिएकोमा २०७६ सम्म आइपुग्दा सेवा लिनेको संख्या प्रतिकेन्द्र ११० जनामा झरेको छ । शाखारहित बैंकिङ सेवा केन्द्र विस्तारको तुलनामा ग्राहकको संख्या बढ्न नसकेको हो।

२०७३ सालमा बैंकहरुले ८१२ वटा शाखारहित सेवा केन्द्र स्थापना गरेका थिए । २०७६ सम्म आइपुग्दा यस्तो केन्द्रको संख्या बढेर एक हजार ५३० वटा पुगिसकेको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस