aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

छोरी जन्मिए बैंकमा खाता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ कार्तिक २०७६
छोरी जन्मिए बैंकमा खाता

दैलेख | भैरवी गाउँपालिका-५ की ममता थापाले कात्तिक पहिलो साता छोरी जन्माइन्। परिवारले जन्मदर्ता गरिदिएपछि सातामै गाउँपालिकाले उनको नाममा बैंक खाता खोलिदियो। गाउँपालिकाले उनको खातामा एक हजार रुपैयाँ जम्मा गर्यो।

गाउँपालिकाले हरेक वर्ष हजार रुपैयाँका दरले २० वर्षसम्म उनको खातामा रकम जम्मा गरिदिनेछ। गाउँपालिकाले चालु आर्थिक वर्षदेखि बालिकाका नाममा खाता खोल्न सुरु गरेको हो। यसरी रकम पाउन स्वास्थ्य चौकीमै सुत्केरी भएको हुनुपर्नेछ भने बच्चा जन्माउने आमाको उमेर २० वर्ष पूरा हुनुपर्नेछ। उमेर नपुगी विवाह गरी बच्चा जन्माएका, घरमै जन्मिएका र दुईभन्दा बढी सन्तान जन्माउनेले यस्तो सुविधा पाउँदैनन्।

गाउँपालिकाले 'छोरी प्रोत्साहन' कार्यक्रममार्फत छोरीमैत्री गाउँ निर्माण गर्ने अभियान थालेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले बताए। 'छोरी जन्माउँदा अभिभावकले गर्व गर्ने वातावरण बनाउन खोजिएको हो', अध्यक्ष बुढाले भने, 'हामीले खोलिदिएको खातामा अभिभावकले थप रकम जम्मा गरेर छोरीको आधारभूत आवश्यकता पूरा गराउन सक्छन्। यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस