aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

प्रहरी कार्यालयमै प्रहरी आयुक्तको हत्या

  • रासस
    रासस
  • आइतबार, १७ कार्तिक २०७६
प्रहरी कार्यालयमै प्रहरी आयुक्तको हत्या

औगादोगा । बुर्किनाफासोमा प्रहरी आयुक्तको हत्या भएको छ । बुर्किनाफासोको उत्तरपश्चिमी क्षेत्रमा अवस्थित प्रहरी कार्यालयमा नै पुगेर हतियारधारीहरुले प्रहरी आयुक्तको हत्या गरेको अधिकारीहरुले जानकारी दिएका छन् । 

बुर्किनाफासोमा प्रहरीको यो हत्यासँगै यस देशमा पछिल्लो समयमा भएको हिंसाको अवस्था उजागर भएको पनि प्राप्त समाचारमा जनाइएको छ । 

उक्त देश आन्तरिक द्धन्द्धमा फसेको छ । केही समययता यहाँ जिहादीहरुले हिंसा मच्चाइरहेका छन् । उनीहरुले पछिल्लो समयमा सुरक्षाकर्मीहरुका साथै सर्वसाधारण नागरिकको पनि हत्या गर्ने गरेका छन् । 

उत्तरपश्चिमी बुर्किनाफासोको सबाना जिल्लामा रहेको प्रहरी कार्यालयमा करिब १५ जनाको संख्यामा आएका हतियारधारीले ती प्रहरी आयुक्तको हत्या गरेका समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस