aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सुनकोशी नदीमा बस खस्दा ९ जनाको मृत्यु, १५ घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ कार्तिक २०७६
सुनकोशी नदीमा बस खस्दा ९ जनाको मृत्यु, १५ घाइते
फाेटाेः आदित्य दाहाल र सन्तोष पनेरुको फेसबुकबाट

काठमाडौं । दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ । दुर्घटनामा परि ९ जनाकाे मृत्यु भएकाे छ । दोलखाको देउराली मागेबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस सडकबाट करिब सय मिटर तल नदीमा खसेर दुर्घटना भएकाे हो । चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकेटे स्थित अरनीको राजमार्गबाट दिउँसो सवा एक बजे बस सुनकाेसी नदिमा खसेको हो। 

सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनले भने दुर्घटनामा ६ जनाको मृत्यु भएको जनाएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । घाइतेलाइ बनेपा अस्पतालमा उपचारका लागि पठाएको छ ।

प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेका अनुसार दिउँसो करिब १ बजे अन्दाजी ४० जना यात्रु बोकेको बस सुनकोशी नदीमा खसेको थियो। 

बस खोलामा पूर्णरुपमा डुबेको छ । दुर्घटनामा परेको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस