aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

दिल्लीमा स्वास फेर्न पनि समस्या, ४० प्रतिशत दिल्ली छोड्ना चाहन्छन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ कार्तिक २०७६
दिल्लीमा स्वास फेर्न पनि समस्या, ४० प्रतिशत दिल्ली छोड्ना चाहन्छन्

एजेन्सी । भारतको राजधानी दिल्लीमा खराब वातावरणका कारण त्यहाको जनजीवन अस्तव्यस्त  भएको छ । दिल्लीको धेरै क्षेत्रमा एयर क्वालिटी इन्डेक्स १२०० भन्दा पनि माथि पुगेको छ । प्रदूषणका कारण भारतीयहरु दिल्ली छाड्न चाहिरेको खबर भारतीय सञ्चार माध्यममा आइरहेका छन् । भारतीयहरुले गरेको एक सर्भेका अनुसार दिल्लीका ४० प्रतिशत बासिन्दाहरु दिल्ली छोड्ना चाहेको खबर आएको छ । 

उक्त सर्भे दिल्लीका नोएडा, गुरुग्राम, गाजियाबाद र फरिदावादका करिब १७ हजार मानिसमा गरिएको थियो । ३१ प्रतिशतले भने दिल्लीको प्रदूषण सुधारिनेमा विश्वास गरेका छन् । १६ प्रतिशतले यो दिल्लीमा नै बस्ने बताए भने १३ प्रतिशतले भइहेको प्रदूषणसँग सामान गर्ने बाहेक अर्को विकाल्प  नभएको बताएका छन्। 
 

प्रतिक्रिया दिनुहोस