aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सुकुटे बस दुर्घटना अपडेटः मृतकको संख्या १४ पुग्यो, ४७ घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ कार्तिक २०७६
सुकुटे बस दुर्घटना अपडेटः मृतकको संख्या १४ पुग्यो, ४७ घाइते

सिन्धुपाल्चोक । चौतारा सागाचोकगढी नगरपालिका-९ सुकुटेस्थित अरनिको राजमार्गमा बा.२ ख ७२४५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल सुनकोशी खोलामा खस्दा १४ जनाको मृत्यु भएको छ ।

दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बस सुनकोशी नदीमा अाइतबार दिउँसाे करिब १ बजे खसेकाे थियाे ।

मृत्यु हुनेहरुमा ८ जना महिला ४ जना पुरुष र २ जना बालबालिका रहेका छन् । दुर्घटनामा परी ४७ जना घाइते भएका छन् ।

नदीमा बस खसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्दारमा जुटेका थिए । प्रहरीका अनुसार केही यात्रुलाई नदीले बगाएको पनि हुन सक्न् आशंकामा खोजी जारी राखिएको छ ।

प्रतिक्रिया दिनुहोस