aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

राष्ट्रपतिद्धारा एकैपटक सतओटै प्रदेशका प्रमुखलाई बर्खास्त,  नयाँ नियुक्ति आज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ कार्तिक २०७६
राष्ट्रपतिद्धारा  एकैपटक सतओटै प्रदेशका प्रमुखलाई बर्खास्त,  नयाँ नियुक्ति आज

काठमाडौं । सरकारले एकैपटक सातओटै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिशको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातओटै प्रदेशका प्रमुखलाई एकसाथ पदमुक्त गरेकि हुन्। 

सरकारको यो निर्णयसंगै प्रदेश एकका प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश दुईका प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेश तीनका प्रमुख अनुराधा कोइराला, प्रदेश चारका प्रमुख बाबुराम कुँवर, प्रदेश पाँचका प्रमुख उमाकान्त झा, प्रदेश ६ का प्रमुख दुर्गा केशर खनाल र प्रदेश सातका प्रमुख मोहनराज मल्ल पदमुक्त भएका छन् । 

सरकारले आइतवार नै नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरे पनि नेकपाको सचिवालय बैठकमा त्यसबारेमा निर्णय हुन नसक्दा नियुक्ति सोमवार हुने बताइएको छ। त्यसका लागि बोलाइएको मन्त्रिपरिषद्को आकस्मिक बैठक स्थगित भएको थियो। यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस