aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मेडिकल काउन्सिलका अध्यक्षमा डा कोइराला नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ कार्तिक २०७६
मेडिकल काउन्सिलका अध्यक्षमा डा कोइराला नियुक्त

काठमाडौं । सरकारले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान् कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले प्रा डा कोइरालालाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रा डा कोइराला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका पूर्वकार्यकारी निर्देशक भइकाम गरिसकेका छन । 

उनी चिकित्सा शिक्षाका एक अभियानकर्मीसमेत मानिन्छन । काउन्सिलका अध्यक्ष प्रा डा धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएपछि सो पद रिक्त थियो । प्रा डा बाँस्कोटा आइतबार नै त्रिविको उपकुलपतिमा नियुक्त भएका छन । मन्त्रिपरिषद्का निर्णय हरेक बिहीबार सार्वजनिक गरिने भएकाले बैठकमा निर्णयबारे आधिकारिक जानकारी दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस