aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

२० वर्षपछि आयल निगमले भण्डारण क्षमता बढाउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ कार्तिक २०७६
२० वर्षपछि आयल निगमले भण्डारण क्षमता बढाउँदै

काठमाडौं । नेपाल आयल निगमले २० वर्षपछि अत्याधुनिक प्रविधिसहितको भण्डारण गृह निर्माण गर्न लागेको छ। बढ्दो इन्धनको मागलाई मध्यनजर गर्दै निगमले पोखरामा १० हजार किलोलिटर क्षमताको भण्डारण गृह बनाउन लागेको हो । 

यसका लागि टेन्डर समेत आह्वान गरिसकेको निगमले जानकारी दिएको छ। निगमसँग हाल ७१ हजार किलोलिटर भण्डारण क्षमता रहेको छ। 

बजारमा इन्धन खपत बढ्दै गएपनि निगमले भण्डारण क्षमता भने विस्तार गर्न सकेको थिएन । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले गण्डकी प्रदेशलाई लक्षित गरेर १० हजार किलोलिटर क्षमताको इन्धन भण्डारण गह निर्माण गर्न लागिएको जानकारी दिए ।

यसले कुल भण्डारण क्षमतामा १५ प्रतिशत थप गर्ने उनले जानकारी दिए । एक अर्ब लागतमा भण्डारण गृह स्थापना गर्न लागिएको पौडलले जानकारी दिए। इन्जिनियरिङ कलेज र निगमको प्राविधिक टोलीले डिजाइन गरेर सो भण्डारण गृह निर्माण गरिने छ। 

हाल पोखरामा दुई हजार दुई सय किलोलिटर डिजेल र चार सय किलोलिटर पेट्रोलको भण्डारण रहेको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस