aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

राजस्व छलीमा तीन नेपालीसहित पाँचविरुद्ध मुद्दा दायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ कार्तिक २०७६
राजस्व छलीमा तीन नेपालीसहित पाँचविरुद्ध मुद्दा दायर

काठमाडौं । सरकारले विदेशी मुद्रा अपचलन गरेर राजस्व छली गरेको अभियोगमा तीन नेपालीसहित पाँच जना भारतीय नागरिकलाई ३३ करोड ३८ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको छ ।

भारतीय नागरिक रितेश कुमार मधेसिया र निरज अग्रहरीविरुद्ध राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन गरेको भन्दै ३३ करोड ३२ लाख बिगो दाबीसहित रुपन्देही जिल्ला अदालतमा दायर गरेको हो ।

विभागले भन्सार चोरी पैठारी गरी राजस्व चुवाहट गरेको अभियोगमा तीन नेपालीलाई ५६ लाख ६० हजार बिगो दाबीसहित पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेको जनाएको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस