बझाङ । बुंगलमा निर्माणाधीन कालंगा हाइड्रो पावरको सुरुङ भत्कँदा कामदार फसेका छन् । आइतबार दिउँसो सुरुङ भत्कँदा ४ जना कामदार फसेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।
सुरक्षाकर्मीको टोली घटनास्थल पुगेर उद्धारमा जुटेको पाण्डेले बताए । निजी लगानीबाट निर्माणाधीन कालंगा हाइड्रो पावरको काम तीव्र रुपमा सञ्चालन भइरहेको थियो ।
७ नम्बर प्रदशेको विकट पहाडी जिल्ला बझाङको बुगल नगरपालिकामा निजी लगानीमा निर्माण भइरहेको कालंगा हाइड्रो पावरबाट ७५ मेगावाट विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ । यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस