aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

चन्द्रागिरिमा केबुलकार भाडा सात सय किन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ कार्तिक २०७६
चन्द्रागिरिमा केबुलकार भाडा सात सय किन ?

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोलीले चन्द्रागिरि हिल्स कम्पनीलाई केबुलकार यात्रुसँग ७०० रुपैयाँ भाडा लिनुको कारण खुलाइ ७ दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको छ । 

विभागले आइतबार अनुगमन गरेर एक र दुईतर्फी प्रतिव्यक्ति यात्रा शुल्क ‘के कति कारणले निर्धारण गरेको हो, प्रमाण पेश गर्नू’ भनि निर्देशन दिएको हो । विभागको टोलीले अनुगमनलगत्तै तत्कालै लिखितपत्रमार्फत निर्देशन दिएको थियो । विभागका निरीक्षण अधिकृत रमेशकाजी श्रेष्ठले हिल्सले जवाफ पेश गरेपछि विस्तृत अनुसन्धान थाल्ने बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस