aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

मुआब्जा नदिदा ब्युटिफिकेसनको काम ठप्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ कार्तिक २०७६
मुआब्जा नदिदा ब्युटिफिकेसनको काम ठप्प

काठमाडौं । बागमति नदीको काम २०१९ भित्र ब्युटीफिकेसन बागमति बनाइसक्ने भन्दै तत्तिएकाे बागमती एकिकृत सभ्यता समाज  अलमलमा परेकाे छ । १० महिना देखि रोकिइ काम ठप्प भएपछि गोकर्ण देखि तिलगंगासम्म बागमति ब्युटिफिकेशन निर्माणको लागि भौतिक पूर्वाधारको काम लगभग सकिसके पनि जग्गा धनीले मुआब्जा नदिएसम्म रंग राेगन गर्न नदिने अडान लिएपछि काम ठप्प भएकाे हाे ।

पूर्वाधारको सम्पूर्ण काम रेलिङ राख्ने, ढलान गर्ने, काम सकिएको छ । तर नारायणटारको पूल छेउ देखि गुहेश्वरी सम्म जग्गाको मुआब्जा सम्बन्धि विवाद नमिल्दा सोचेको जस्तो सिगारपटार गरी ब्युटीफिकेशन बागमति बनाउन नसकेको बागमति सभ्यता एकीकृतका सि.डि .ई योगेन्द्र चित्रकारले बताए । 

बागमतिको किनारमा गोकर्ण देखि तिलगंगा सम्म ब्युटिफिकेशन बनाएर आन्तारिक वा बाह्य पर्यटकलाई समेत लोभ्याउने योजना बागमति सभ्यता एकीकृत समाजको थियो । तर बागमती ब्युटिफिकेशनको लागि जग्गा धनिले मुआब्जा मागेको र कार्यपालिकाले मुआब्जा दिन नसक्ने भने पछि काम राेकिएकाे हो । 

बागमति सभ्यता एकीकृतका सि.डि .ई चित्रकारले भने ‘कार्यपालिकाले मुआब्जा दिन सक्दिन भनेको छ । अब यसको काम व्यवस्थापिकाको संसदिय समितिले गरेको अध्ययन अनुसार निर्णय भई काम अगाडि बढ्छ’ । 

बागमति बगिरहेको ठाउँमा व्यक्तिको जग्गा परेको हुनाले उक्त व्यक्तिले खोलाको जग्गाको मुआब्जा मागिरहेका छन् तर कार्यपालिकाले खोलामा परेका जग्गाको नितिनियम अनुसार मुआब्जा दिन नमिल्ने भन्दै मुआब्जा नदिएको चित्रकारले बताए । 

बागमती नदीको किनारमा लगाएको बोटविरुवालाई संरक्षण गरि बागमती नदीमा भएको सम्पूर्ण फोहोरलाई हटाएर २०१९ भित्र स्वस्थ्य सफा हराभरा अर्थात (ब्युटिफिकेशन) बागमती बनाइसक्ने बागमति सभ्यता एकीकृत समाजको योजना   थियो । 

प्रतिक्रिया दिनुहोस