
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो ।
नेकपा सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलक परियार, डडेल्धुराका गोविन्द कलौनी, झापाका विष्णु प्रसाईं, काठमाडौंकी शर्मिला त्रिपाठी र सिरहाका धर्मनाथ यादवलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेकाे छ । कसलाई कुन प्रदेशमा खटाउने भन्ने कुरा मन्त्रिपरिषद् निर्णय गर्नेछ । त्यसपछि राष्ट्रपतिले सपथ खुवाउने छिन् ।
यसअघि प्रदेश १ मा प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, २ मा रत्नेश्वरलाल कायश्थ, ३ मा अनुराधा कोइराला, गण्डकी प्रदेशमा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, कर्णाली प्रदेशमा दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशमा मोहनराज मल्ल प्रदेश प्रमुख थिए । देउवा नेतृत्वको सरकारले उनीहरुलाई २०७४ माघ ३ गते नियुक्त गरेको थियो । उनीहरुलाई आइतबार सरकारले हटाएको थियो ।
प्रतिक्रिया दिनुहोस