aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

महरा पुर्पक्षका लागि जेल चलान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ कार्तिक २०७६
महरा पुर्पक्षका लागि जेल चलान

काठमाडौं । काठमाडौं जिल्ला अदालतले यौनदुराचारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । सरकारी र महरा पक्षको अधिवक्ताको बहसपछि अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

लगातार दुइ दिनसम्मको थुनछेक बहसपछि अदालतले पुर्पक्षमा राखेर अनुशन्धान गर्न आदेश गरेको छ । न्यायाधिस सुदर्शनराज पाण्डेको एकल इजलासले यस्तो आदेश दिएको हो । अहिले फैसलाको बिस्तृत लेखनको काम भइरहेको अदालत स्रोतले जनायो । महरालाई केही बेर पछि डिल्लिबजार स्थित कारागारमा चलान गरिने बुझिको छ ।

प्रतिक्रिया दिनुहोस