aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

महरालाई जेल पठाउनु पूर्व रोशनीलाई कडा आदेश !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ कार्तिक २०७६
महरालाई जेल पठाउनु पूर्व रोशनीलाई कडा आदेश !

काठमाडौं । काठमाडौं जिल्ला अदालतले यौनदुराचारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेशसँगै पीडित भनिएकी रोशनी शाहीलाई पनि घुमारो तरिकाले कडा निर्देशन आएको छ । सरकारी वकिल र महरा पक्षको वकिलको बहस सकिएपछि अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिने क्रममा न्यायाधिश सुदर्शनराज पाण्डेले शाहीलाई ठट्यौली पारामा कडा निर्देशन दिएको त्यहा उपस्थित एक जना दर्शकले बताएका छन ।  

न्यायाधिश सुदर्शनराज पाण्डेले सबैको बहस सुनिसकेपछि रोशनी शाही प्रति इंगित गर्दै भने, ममाथि बलात्कार भएकै छैन भन्ने हिजो र आज दुवै दिन अदालतमा उपस्थित रोशनी शाहीलाई तपार्इंको कुरा निवेदनमा आइसकेकै छ,थप केही भनिरहन परेन । मलाई थाहा छ भन्दै वकिल र बहस सुन्न आएकाहरुतिर फर्केर उहाँलाई जसले लिएर आउनुभएको हो,सङ्गै लिएर गए हुन्छ,' भनेपछि महरा विरुद्धको आदेश सुनाएका थिए । 

प्रतिक्रिया दिनुहोस