aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

डेपुटी गभर्नर श्रेष्ठ निलम्बित, छानविन गर्ने समिति गठन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ कार्तिक २०७६
डेपुटी गभर्नर श्रेष्ठ निलम्बित, छानविन गर्ने समिति गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि सरकारको निर्देशनअनुसार छानविन गर्नका लागि समिति गठन गरेको छ । 

समिति गठन भएसँगै डेपुटी गभर्नर श्रेष्ठ निलम्बित भएका छन्। नेपाल राष्ट्र बैंकको सोमबार बिहान बसेको सञ्चालक समितिले श्रेष्ठमाथि छानविन गर्नका लागि केन्द्रीय बैंकका सञ्चालक डा. श्रीराम पौड्यालको संयेजकत्वमा समिति गठन गरेको हो । 

सो समितिमा सञ्चालकद्वय रामजी रेग्मी र डा। सुवोधकुमार कर्ण सदस्य रहेको राष्ट्र बैंकका एक सञ्चालकले जानकारी दिए। सो समितिले श्रेष्ठसँग लिखित तथा मौखिक सोधपुछ गरेर ३० कार्यदिन भित्र प्रतिवेदन बुझाउनेछ । 

समितिले श्रेष्ठ दोषी भएरनभएको अध्ययन गरेर प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाउने ्र ति सञ्चालकको भनाइ छ। “अध्ययनले दोषी ठहराएमा श्रेष्ठलाई मन्त्रिपरिषद्ले बर्खास्त गर्नेछ,” ति सञ्चालकले भने। 

श्रेष्ठमाथि वित्तीय अराजकतालाई बल पुग्ने काममा संलग्नता रहेको, बैंक तथा वित्तीय संस्थाहरूको कमी कमजोरी ढाकछोप गर्न महत्वपूर्ण भूमिका खेलेको आरोप छ। यस्तै, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना संकलन गर्न राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको सफ्टवेयर प्रणाली लागू गर्न असहयोग गरेको तथा लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको र रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारीलाई साथ दिएकोलगायतका आरोप लागेका छन् ।  यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस